+

बार्सिलोनाको विजयी यात्रामा पूर्णविराम

२०७१ असोज  ९ गते ८:१३ २०७१ असोज ९ गते ८:१३
बार्सिलोनाको विजयी यात्रामा पूर्णविराम

९ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

बुधबार राति भएको खेलमा मालागाले बार्सिलोनालाई गोलसहित बराबरीमा रोकेको थियो । ला लिगामा यसअघि भएका चार बटै खेले जितेको बार्सिलोनाले गोल भने खाएको छैन ।

बार्सिलोनाका लिओनल मेस्सी, नेयमार र पेड्रो मालागाविरुद्ध गोल गर्न असफल भए । ६९ प्रतिशत बल पोजिसन भएपनि बार्सिलोनाले एउटा पनि सट टार्गेटमा रहेन ।

गोलरक्षक ब्राभोले मागालाका लुइस अल्बर्टोको फ्रि किक मुस्किलले बचाएपछि बार्सिलोना गोल खानबाट बच्यो ।

बराबरीपछि १३ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ । समान अंक जोडेको सेभिल्ला गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिड ११ अंकका तेस्रो र रियल मड्रि १० अंकका साथ पाँचौं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय