News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन कुलिङ पिरियड राख्ने भएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन्।
- सरकारले दलमा आवद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने र ट्रेड युनियनलाई कानुन बनाएर व्यवस्थित गर्ने योजना छ।
२८ वैशाख, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) राख्ने भएको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
दलमा आवद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति अवलम्बन गर्ने पनि सरकारको घोषणा छ ।
निजामती सेवामा रहेको ट्रेड युनियन सरकारले अध्यादेशबाट खारेज गरिसकेको छ । यसलाई कानुन बनाएरै व्यवस्थित गर्ने पनि सरकारको घोषणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4