+
+
Shares

वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा ३ खर्ब १२ अर्ब

बैंक तथा वित्तीय संस्थाले चालु आव चैतसम्म गरेको कर्जा लगानी कुल ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष चैतसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले मात्र बढेको छ।
  • चालु आव चैतसम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ कर्जा लगानी ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
  • चालु आव चैतसम्म कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत घटेको छ भने उपभोग्य क्षेत्रतर्फको कर्जा ११.७ प्रतिशत बढेको छ।

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष चैतसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले मात्रै बढेको छ ।

यो वृद्धि गत आव सोही अवधिको तुलनामा करिब २ प्रतिशत बिन्दुले थोरै हो । नेपाल राष्ट्र बैंकका अनुसार ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ बराबर कर्जा निजी क्षेत्रमा लगानी भएको छ ।

बैंक तथा वित्तीय संस्थाले चालु आव चैतसम्म गरेको कर्जा लगानी कुल ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

गत आव चैतसम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फको कर्जा लगानी ७.१ प्रतिशत बढेको थियो । गत आव ३ खर्ब ६१ अर्ब ३ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ ।

२०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६३.४ र ३६.६ प्रतिशत थियो ।

चालु आव चैतसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंक ५.१ र वित्त कम्पनीको २.६ प्रतिशत बढेको छ ।

२०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणमा १४.९ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३.४ प्रतिशत छ ।

२०८१ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमश: १४.६ र ६५.२ प्रतिशत थियो । २०८२/८३ नौ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ११.७, निर्माण क्षेत्र १०.७, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १०.१, औद्योगिक उत्पादन ६.५, वित्त बीमा तथा अचल सम्पत्ति ५.७ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत घटेको छ ।

चालु आव चैतसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशत, मार्जिन प्रकृति १३.४, हायर पर्चेज ८.५, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.६, माग तथा अन्य चालु पूँजी ४.३, आवधिक ३.७, क्यास क्रेडिट २.८ र अधिविकर्ष कर्जा ०.३ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?