+
+
Shares

सुनको भाउ फेरि ३ लाख नाघ्यो, चाँदी एकैदिन ६.६ प्रतिशत महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले २८ वैशाखका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको छ।

२८ वैशाख, काठमाडौं । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज भारी दरले बढेको छ । एकैदिन प्रतितोला ३५५ रुपैयाँ (६.६ प्रतिशत)ले चाँदी बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत मंगलबार ४ हजार ८८० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?