+
+
Shares

पत्रकारलाई संसदीय रिपोर्टिङमा निषेध नगर्न वर्षमान पुनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुनले संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताउनुभयो।
  • पुनले लेखा समितिमा मिडिया राखेर छलफल गर्नुपर्ने र पारदर्शीता र लोकतन्त्रको कुरा गर्नुपर्ने उल्लेख गर्नुभयो।
  • उनले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्नुपर्ने र मापदण्ड बन्नुपर्ने बताउनुभयो।

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए ।

लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शिता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो ।

‘लेखा समितिसहित संसद्का अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ’, पुनले भने, ‘संसदीय समितिहरु सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शिता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’

जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरुभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए । ‘जनताको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ ।’

फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्ने पनि बताए । पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने बताए । ‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन । सही र गलत भन्ने हुन्छ’, पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ । पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?