+
+
Shares

भारतले भन्यो– विदेश सचिवलाई नेपालले निम्ता दिएको छ, मिति समझदारीमा*

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १७:१८

२९ वैशाख, काठमाडौं । नेपालले भारतीय विदेश सचिव विक्रम मिश्रीलाईलाई भ्रमणको निम्तो दिएको विदेश मन्त्रालयले जनाएको छ ।

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा विदेशसचिव मिश्रीलाई भ्रमणको निम्तो दिएको जानकारी गराए ।

‘हाम्रा विदेशमन्त्रीको पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो,’ प्रवक्ता जैसवालले भने, ‘उहाँहरूबीच मोरेसिसमा भेटवार्ता भएको थियो । विदेशसचिवलाई नेपालको तर्फबाट निम्तो आएको थियो ।’

यद्यपि भ्रमणको मिति भने टुंगो नलागेको उनले बताए ।  उनका अनुसार, दुई देशबीचको आपसी समझदारीमा भ्रमणको मिति टुंगो लाग्नेछ ।

‘उहाँ (विदेशसचिव) नेपाल जाने मिति भने दुई देशबीचको समझदारीमा तय हुन्छ,’ उनले भने ।

प्रवक्ता जैसवाललाई मिडिया ब्रिफिङका क्रममा एक सञ्चारकर्मीले भारतीय विदेश सचिवको नेपाल भ्रमण रोकिनुको कारणबारे प्रश्न गरेकी थिइन् ।

सो प्रश्नको जवाफका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भनेका छन्, ‘हाम्रो सम्बन्ध बहुआयामिक किसिमको छ । नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो । हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभयो । हामी दुई देशको सम्बन्ध जति पुरानो हो, पारिवारिक सम्बन्ध पनि हो । यसको हामी थप बलियो बनाउँछौं ।’

* भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मिडिया ब्रिफिङका क्रममा गल्तीले विदेशसचिवको भ्रमण भन्नुपर्नेमा विदेशमन्त्री भनेकाले अन्यथा भएको काठमाडौंस्थित भारतीय दूतावासले अनलाइनखबरलाई जनाएको छ । सोही अनुसार समाचार अपडेट गरिएको–सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?