News Summary
Generated by OK AI. Editorially reviewed.- विद्यालयको हिउँदे र वर्षे बिदा ४५ दिनबाट ३० दिनमा कटौती गरिएको छ।
- प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट कायम गरिएको छ।
- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबारदेखि शुक्रबारसम्म पठनपाठनका कियाकलाप सञ्चालन गर्न निर्देशन दिएको छ।
२९ वैशाख, काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ ।
दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ ।
प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ ।
त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ ।
पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ ।
अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ ।
मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4