News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
- नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित प्रकाश पाठक र ताराप्रसाद खरेलविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
- प्रहरीले पाठकलाई फिलिपिन्समा लुकिछिपि बसेको अवस्थामा फेला पारेर इन्टरपोलको सहयोगमा नेपाल ल्याएको छ।
२९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ताराप्रसाद खरेलविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनीहरूले संगठित रुपमा अख्तियार प्रमुख राईलाई इजीएन नामको आतङ्कवादी संगठनको नाम लिएर राजीनामाको दबाब दिँदै आएको प्रहरीले बताएको छ ।
आपराधिक लाभ लिन नहुने कसूर, आपराधिक षडयन्त्र गर्न नहुने कसूर, विद्युतीय कारोबार ऐन विरुद्धको कसूर र संगठित अपराध ऐनविरुद्धको कसूर अपराधमा मागदाबी लिइ अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
पाठकलाई प्रहरीले फिलिपिन्समा लुकिछिपि बसेको अवस्थामा फेला पारेर इन्टरपोलको सहयोगमा नेपाल ल्याएको थियो ।

प्रतिक्रिया 4