+
+
Shares

चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:३४
पाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी हवल्दार प्रेम विक घाइते भएका छन्।
  • एसपी गौतम मिश्रका अनुसार घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको छ।
  • महालक्ष्मी नगरपालिका लुभुमा मोटरसाइकल गस्तीमा गइरहेका बेला चितुवाले आक्रमण गरेको थियो।

३० वैशाख, काठमाडौं । चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी घाइते भएका हुन् ।

घाइते हुनेमा प्रहरी हवल्दार प्रेम विक रहेको एसपी गौतमले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिका लुभुमा चितुवाले आक्रमण गरेको हो । मोटरसाइकल गस्तीमा गइरहेका बेला गहुँबारीबाट निस्केको चितुवाले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको उनले बताए । प्रहरीलाई आक्रमण गरेपछि चितुवा त्यहाँबाट भागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?