+

क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा बढाउन क्यानसँग माग

२०८३ वैशाख  ३० गते १६:५९ २०८३ वैशाख ३० गते १६:५९
क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा बढाउन क्यानसँग माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघसँग माग गरेको छ।
  • संघका अध्यक्ष जगत बहादुर टमाटाले क्यान अध्यक्षलाई बुझाएको पत्रमा प्रशिक्षकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
  • संघले बढ्दो महँगीका बीच पुरानै सुविधा अनुसार काम गर्दा प्रशिक्षकहरूको मनोबलमा असर परेको भन्दै सेवा–सुविधामा तत्काल सुधार गर्न आग्रह गरेको छ।

३० वैशाख, काठमाडौं । नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा–सुविधा, भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेको छ ।

संघका अध्यक्ष जगत बहादुर टमाटा ले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो ।

पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह, महिला तथा पुरुष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ ।

प्रशिक्षकहरूले आफ्नो मेहनत र समर्पणका कारण धेरै प्रतिभावान खेलाडी उत्पादन भएको र विभिन्न प्रतियोगितामा देशलाई सफलता दिलाउन योगदान पुगेको बताएका छन् । तर यस्तो योगदानका बाबजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा, भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको उनीहरूको भनाइ छ ।

संघले बढ्दो महँगीका बीच पुरानै सुविधा अनुसार काम गर्नुपर्दा प्रशिक्षकहरूको मनोबलमा असर परेको उल्लेख गर्दै सेवा–सुविधामा तत्काल सुधार गर्न क्यानसँग आग्रह गरेको छ ।

‘प्रशिक्षक बलियो भए मात्र देशको क्रिकेट बलियो हुन्छ’ भन्ने सन्देशसहित प्रशिक्षकको सम्मान सुनिश्चित गर्नुपर्ने माग पनि संघले अघि सारेको छ ।

नेपाल क्रिकेट प्रशिक्षक संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय