+

एसियन गेम्सको सहभागिता र खेलाडी छनोटबारे छिटै जानकारी गराउँछाैं : राखेप

२०८३ वैशाख  ३१ गते १७:१३ २०८३ वैशाख ३१ गते १७:१३
एसियन गेम्सको सहभागिता र खेलाडी छनोटबारे छिटै जानकारी गराउँछाैं : राखेप

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०औं एसियन गेम्सका लागि खेलाडी छनोटसम्बन्धी सूचना जारी गरेको छ।
  • राखेपले असोज ३ गतेदेखि जापानमा आयोजना हुने एसियन गेम्समा नेपालबाट कति खेलमा सहभागिता रहने निर्णय नभएको जनाएको छ।
  • हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनोट गर्न निर्देशन नदिइएको र अन्तिम छनोटबारे छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ।

३१ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०औं एसियन गेम्सका लागि खेलाडी छनोटसम्बन्धी सूचना जारी गरेको छ ।

राखेपले असोज ३ गतेदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ ।

सूचनाअनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनोट गर्न कुनै निर्देशन नदिइएको र अन्तिम छनोटबारे परिषद्ले छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ ।

त्यसपछि मात्र खेलाडी छनोट प्रक्रिया अघि बढाउन सबै सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

आइची नागोया एसियन गेम्स २०२६ राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय