News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव बिहीबार पन्जाब किङ्स विरुद्धको खेलमा नखेल्ने सम्भावना छ।
- हार्दिक ढाडको समस्याबाट रिकभर हुँदैछन् भने सूर्यकुमार पारिवारिक कारणले टिमसँग यात्रा गरेका छैनन्।
- मुम्बईले नयाँ कप्तान पाउने सम्भावना छ र जसप्रित बुमराह कप्तान बन्ने मुख्य दाबेदार मानिएका छन्।
३१ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्या र कार्यवाहक कप्तान सूर्यकुमार यादव बिहीबार हुने पन्जाब किङ्स विरुद्धको खेलमा नखेल्ने सम्भावना देखिएको छ ।
समाचार संस्था क्रिकबजका अनुसार हार्दिक आफ्नो ढाडको समस्याबाट रिकभर गर्दै छन् भने सूर्यकुमार पनि पारिवारिक कारणले घरमा छन् र टिमसँग यात्रा गरेका छैनन् ।
धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट स्टेडियममा हुने खेलमा दुवै अनुपस्थित भए मुम्बईले नयाँ कप्तान पाउने सम्भावना छ ।
पाँच पटक आईपीएल जिताएका पूर्वकप्तान रोहित शर्मा टोलीमै रहे पनि उनलाई पुनः कप्तानी जिम्मेवारी दिने सम्भावना कम रहेको बताइएको छ । जसप्रित बुमराह र तिलक वर्मा कप्तानका मुख्य दाबेदार मानिएका छन् ।
त्यसमध्ये बुमराह कप्तान बन्ने सम्भावना बढी देखिएको छ । २०१३ देखि मुम्बईसँग रहेका बुमराहले यसअघि भारतको कप्तानीसमेत गरिसकेका छन् ।
मुम्बई प्लेअफको दौडबाट भने बाहिरिसकेको छ । पन्जाबलाई भने आजको खेलमा जित निकाले प्लेअफ सम्भावना बलियो बन्नेछ ।
प्रतिक्रिया 4