News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक समुन्नतिका लागि पारस्परिक लाभमा आधारित सौम्य शक्ति परिचालन गर्ने घोषणा गरेको छ।
- अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकताहरू पेश गर्दै यो घोषणा गर्नुभएको हो।
- सरकारले आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि र पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति र प्रभाव विस्तार गर्नेछ।
३१ वैशाख, काठमाडौं । सरकारले पारस्परिक लाभमा आधारित भएर आर्थिक समुन्नतिका लागि सौम्य शक्ति अर्थात् सफ्ट पावर परिचालन गर्ने घोषणा गरेको छ ।
आगामी बजेटका सिद्धान्त र प्राथमिकताहरू बिहीबार संसद्मा पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सौम्य शक्तिको सुदृढीकरण गर्ने घोषणा गरे ।
‘सरकारले पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछु,’ उनले भने,’आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौं ।’
उनले छिमेकी तथा मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग परिपक्व सम्बन्ध विकास गर्दै आर्थिक लाभ वृद्धि गर्ने उल्लेख गरेका छन् ।
स्वदेशी पूँजी, प्रविधि र उद्यमशीलतासँगै विदेशमा रहेका नेपाली समुदायको सञ्जाल, सीप र पूँजीलाई राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा परिचालन गर्ने पनि घोषणा गरेका छन् ।
‘गैरआवासीय नेपालीको विशेषज्ञतालाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सहजीकरण गर्नेछौं । आर्थिक कूटनीतिलाई लगानी, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र अन्तर्राष्ट्रिय पूँजी परिचालनसँग आबद्ध गर्न कानूनी सुधार गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने ।
प्रतिक्रिया 4