News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बई इन्डियन्सले तिलक वर्माको ७५ रनको अविजित पारीमा पन्जाब किङ्सलाई लगातार पाँचौं हार चखाएको छ।
- पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको छ।
- मुम्बईका शार्दुल ठाकुरले ४ विकेट लिए भने पन्जाबका अजमतुल्लाह ओमरजाइले २ विकेट लिए।
३१ वैशाख, काठमाडौं । तिलक वर्माले शानदार ब्याटिङ गर्दै ३३ बलमा अविजित ७५ रन बनाएपछि मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई लगातार पाँचौं हार चखाएको छ ।
पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । तिलकको ७५ रनसँगै रायन रिकेल्टनले ४८ अनि रोहित शर्मा र विल ज्याक्सले समान २५ रन बनाए ।
पन्जाबका लागि अजमतुल्लाह ओमरजाइले २ विकेट लिँदा अर्शदीप सिंह र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । ओपनर प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन बनाए ।
मध्यक्रम ब्याटिङ नचले पनि तल्लोक्रमका ब्याटरले क्यामिओ पारी खेले । अजमतुल्लाह ओमरजाईले १७ बलमा ३८ रन बनाए । विष्णु विनोद ८ बलमा १५ अनि जेभियर बार्टलेट ७ बलमा १८ रन बनाएर अविजित रहे । सुरुमा ओपनर प्रियांश आर्याले पनि २२ रन बनाए ।
मुम्बईका लागि शार्दुल ठाकुरले ४ विकेट लिँदा दीपक चहरले २ अनि कर्बिन बोश र राज बावाले १-१ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको मुम्बईले १२ खेलमा ८ अंक जोडेको छ भने पन्जाबले लगातार पाँचौं हार बेहोर्दै १२ खेलमा १३ अंक जोडेर चौथोमा यथावत् छ ।
प्रतिक्रिया 4