+

फिफा विश्वकप २०२६ का लागि फ्रान्सको टोली घोषणा

२०८३ जेठ  १ गते ७:५१ २०८३ जेठ १ गते ७:५१
फिफा विश्वकप २०२६ का लागि फ्रान्सको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ, जसको नेतृत्व कप्तान किलियन एमबाप्पेले गर्नेछन्।
  • प्रशिक्षक डिडिएर डेसच्याम्पले टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलनलाई ध्यानमा राखेर छनोट गरिएको बताए।
  • फ्रान्सले विश्वकप अभियान जुन १६ मा सेनेगलसँग सुरु गर्नेछ र त्यसपछि इराक र नर्वेसँग समूह चरण खेल्नेछ।

१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि फ्रान्सको २६ सदस्यीय टोली घोषणा भएको छ । प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडीको मिश्रणसहित बलियो टोली सार्वजनिक गरेका हुन् ।

टोलीको नेतृत्व कप्तान किलियन एमबाप्पेले गर्नेछन् । उनीसँगै वर्तमान बालोन डी’ओर विजेता उस्मान डेम्बेले पनि टोलीमा छन् ।

आक्रमण पंक्तिमा माइकल ओलिसे, डिजिरे डुए, रायन चेर्की र मार्कस थुरामजस्ता खेलाडीले स्थान पाएका छन् ।

रक्षापंक्तिमा विलियम सालिबा, जुल्स कुन्डे, इब्राहिमा कोनाते र लुकास हर्नान्डेज समावेश छन् । मिडफिल्डमा अनुभवी एन’गोलो कान्टे, ओरेलियन चुआमेनी र एड्रियन राबियोले टोलीलाई मजबुत बनाउनेछन् ।

यसपटक एडुआर्डो कामाभिंगा र रान्डाल कोलो मुआनी भने टोलीमा परेका छैनन्, जुन केही आश्चर्यको विषय बनेको छ ।

प्रशिक्षक डेसच्याम्पले टोली घोषणा गर्दै भने, ‘यो २६ उत्कृष्ट खेलाडीको मात्र सूची होइन, टोलीको सन्तुलनलाई ध्यानमा राखेर छनोट गरिएको समूह हो।’

फ्रान्सले विश्वकप अभियानको सुरुआत जुन १६ मा सेनेगल विरुद्ध गर्नेछ। त्यसपछि समूह चरणमा इराक र नर्वेसँग खेल्नेछ ।

फिफा विश्वकप २०२६ फ्रान्स फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय