+

दशौं पोखरा स्पोर्ट्स अवार्ड प्रदीप र नारायणीलाई

२०८३ जेठ  १ गते ९:५८ २०८३ जेठ १ गते ९:५८
दशौं पोखरा स्पोर्ट्स अवार्ड प्रदीप र नारायणीलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारीले पुरुष र महिला तर्फ उपाधि जितेका छन्।
  • ओलम्पियन टिका बहादुर बोगटीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र भलिबलका राजन दर्लामीलाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिएको छ।
  • मञ्चले नौ विधामा अवार्ड प्रदान गरेको थियो जसमा उत्कृष्ट खेलसंघ कास्की जिल्ला क्रिकेट संघ र उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी रहेका छन्।

१ जेठ, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं पोखरा स्पोर्ट्स अवार्ड प्रदीप खड्का र नारायणी भण्डारीले जितेका छन् ।

पोखरामा बिहिबार आयोजित एक समारोहमा उनीहरुलाई अवार्ड प्रदान गरिएको हो । टेनिसका प्रदीपले पुरुषतर्फ र नारायणीले महिलातर्फको उपाधि जितेका हुन् ।

प्रदीपले भलिबलका सञ्जुविक्रम शाह, जुडोका विक्रम टि खत्रीलाई पछि पार्दै अवार्ड जिते । प्रदीपले यो दोस्रोपटक जितेका हुन् । यस्तै नारायणीले आर्चारीकी मोनिका राना र जुडोकी मनिषा तामाङलाई पछि पार्दै उपाधि जितिन् । उनीहरुले इलेक्ट्रिक स्कुटर हात पारेका छन् ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन टिका बहादुर बोगटीलाई प्रदान गरिएको छ भने पिपुल्स च्वाइस अवार्ड भलिबलका राजन दर्लामीले हासिल गरेका छन् । उनले स्कुटर हात पारेका छन् । बोगटीलाई चाँदीको करुवा र ताम्रपत्रबाट सम्मान गरिएको हो ।

उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी निभा राईले प्राप्त गरिन् भने उत्कृष्ट प्रशिक्षक अवार्डबाट एथ्लेटिक्सका सिद्धान्त अधिकारी सम्मानित भए ।

यस्तै उत्कृष्ट खेलसंघबाट कास्की जिल्ला क्रिकेट संघ, स्पेशल अवार्ड क्रिकेटकी सुस्मा तामाङ र वर्ष उत्कृष्ट खेल पत्रकार पुरस्कार दिननाथ बरालले प्राप्त गरेका छन् ।

मञ्चले ९ विधामा अवार्ड प्रदान गरिएको थियो ।

दशौं पोखरा स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय