News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपाल एयरलाइन्स सञ्चालक सदस्यमा ५ जनालाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरेको छ।
- ५ जना नियुक्त हुनेमा डा. दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाल छन्।
- पर्यटन मन्त्रालयले ७ दिनभित्र नियुक्ति लिन मन्त्रालय आउन उनीहरूलाई सूचना जारी गरेको छ।
१ जेठ, काठमाडौं । सरकारले नेपाल एयरलाइन्स सञ्चालक सदस्यमा ५ जना नियुक्ति गरेको छ ।
पर्यटन मन्त्रालयका अनुसार कुल २७ जनाको आवेदन परेकोमा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्तापछि ५ जनालाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति दिइएको हो ।
यसरी नियुक्त हुनेमा पोखराका डा. दीपकप्रसाद बास्तोला, भरतपुरका प्रविन भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, गोकर्णेश्वरकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल छन् ।
उनीहरूलाई ७ दिनभित्र नियुक्ति लिन मन्त्रालय आउन सूचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4