+

थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६ हुँदै

२०८३ जेठ  १ गते १३:५४ २०८३ जेठ १ गते १३:५४
थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६ हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिपटो स्पोर्ट्स एकेडेमीले जेठ २ र ३ गते तारकेश्वरस्थित टिपटो स्पोर्ट्स हबमा 'थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६' आयोजना गर्ने भएको छ।
  • जापानका राष्ट्रिय खेलाडी यासुहिरो नाबेटाले क्लिनिक सेसनमार्फत नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।
  • प्रतियोगितामा यू–१४ र यू–१६ उमेर समूहका ३२ टोली नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् र विजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ।

१ जेठ, काठमाडौं । टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित सेश्मतीमा रहेको टिपटो स्पोर्ट्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ।

सन् २०२१ मा स्थापना भएको उक्त एकेडेमीले ग्रासरुट फुटबल विकास, युवा खेलाडीको सहभागिता वृद्धि तथा विभिन्न प्रशिक्षण कार्यक्रम र प्रतियोगितामार्फत खेलकुद विकासमा योगदान गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत जापानका राष्ट्रिय स्तरका खेलाडी यासुहिरो नाबेटा नेपाल आउनेछन् । उनले क्लिनिक सेसनमार्फत नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन् ।

जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ३–३ फुटबल क्लिनिक (प्रशिक्षण सत्र) सञ्चालन हुनेछ भने जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रतियोगिता हुनेछ ।

क्लिनिकमा विभिन्न एकेडेमी र विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका गरी करिब १५० खेलाडीको सहभागिता रहनेछ । त्यस्तै च्याम्पियनसिपमा यू–१४ र यू–१६ उमेर समूहका गरी ३२ टोली सहभागी हुनेछन्।

प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ । प्रत्येक टोलीमा ५ जना खेलाडी रहनेछन्, जसमा मैदानमा ३ जना खेल्नेछन् भने बाँकी २ जना वैकल्पिक खेलाडी रहने व्यवस्था हुनेछ।

विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

टिपटो स्पोर्ट्स एकेडेमी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय