+
+
Shares

रासायनिक मलको आयात घटाउँदै प्रांगारिक मलको प्रयोग बढाउनुपर्छ : सांसद कर्ण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा जटिलता थपिएको भन्दै त्यसको असर नेपालको कृषि क्षेत्रमा पनि परेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले मध्यपूर्वको युद्धले विश्वव्यापी आपूर्ति प्रणालीमा जटिलता थपिएको र नेपालको कृषि क्षेत्रमा असर परेको बताए।
  • कर्णले नेपालमा ३० लाख ३६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६२ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको र वर्षभरि सिँचाइ सुविधा २० प्रतिशतमा मात्र उपलब्ध रहेको उल्लेख गरे।
  • उनले रासायनिक मलको आयात घटाउँदै प्राङ्गारिक मल प्रयोग बढाउन सरकारलाई आग्रह गर्दै नेपाललाई धान उत्पादनमा आत्मनिर्भर र निर्यातमुखी बनाउनुपर्ने बताए।

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी आपूर्ति प्रणालीमा जटिलता थपिएको भन्दै त्यसको असर नेपालको कृषि क्षेत्रमा पनि परेको बताएका छन् ।

कृषि समितिको बैठकमा बोल्दै उनले मल आपूर्तिको विषय सरकारको प्राथमिकतामा रहेको र किसानलाई मल अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताए ।

उनले नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न नसकिएको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने दिशा सकारात्मक रहेको बताए । कृषिलाई सम्मानित र आकर्षक पेशाका रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सांसद कर्णले नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको करिब एक चौथाइ योगदान रहेको उल्लेख गर्दै कृषि क्षेत्रको आधारभूत समस्या समाधान गर्नुपर्ने बताए ।

उनका अनुसार ३० लाख ३६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ६२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये पनि वर्षभरि सिँचाइ सुविधा केवल २० प्रतिशत खेतीयोग्य जमिनमा मात्र उपलब्ध रहेको उनले बताए ।

उनले मधेस प्रदेश र पश्चिम तराई क्षेत्रमा खडेरीको संकेत देखिन थालेको भन्दै यसले गरिबी बढाउने, कृषि उत्पादन घटाउने र आयात बढाउने खतरा रहेको बताए । किसानले ऋण लिएर जीविकोपार्जन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।

सांसद कर्णले रासायनिक मलमा ठूलो बजेट खर्च भइरहेको उल्लेख गर्दै अब प्राङ्गारिक तथा प्राकृतिक मलको प्रयोग बढाउन किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । रासायनिक मलको आयात क्रमशः घटाउँदै लैजाने नीति सरकारले लिनुपर्ने उनको धारणा थियो ।

उनले चैते धान उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउँदै भविष्यमा धान निर्यात गर्ने नीति ल्याउन सरकारलाई आग्रह गरे । अब नेपालको कृषि क्षेत्र आयातमुखी नभई निर्यातमुखी बन्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?