+
+
Shares

‘फ्लोर क्रस’ को जोखिमपछि विश्वासको मत लिन पछि हटे मधेशका मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ १ गते विश्वासको मत लिनबाट पछि हटेका छन्।
  • नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने जानकारी गराएका छन्।
  • सत्ता गठबन्धन र पार्टीभित्रको असन्तुष्टिका कारण मुख्यमन्त्री यादवले फ्लोर क्रसको जोखिम देखेर विश्वासको मत लिनबाट पछि हटेका हुन्।

१ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट शुक्रबार पछि हटेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराए ।

सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण अन्तिम समयमा आएर उनी विश्वासको मत लिन पछाडि हटेका हुन् ।

उनलाई विश्वासको मत लिनका लागि आज बिहान ११ बजे सदन आह्वान गरिएको थियो ।

गठबन्धनभित्र र आफ्नै पार्टीभित्रको असन्तुष्टिको कारण फ्लोर क्रस गर्ने जोखिमपछि मुख्यमन्त्री यादव पछाडि हटेका हुन् ।

यद्यपि बैठक भने अन्य कार्यसूचिमा प्रवेश गरेर चल्ने जनाएको छ । गत वैशाख २१ गते जनमतले मधेश सरकारबाट समर्थन फिर्ता लिएका थिए ।

यसपछि सरकारको सिफारिसमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभाको सातौं बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?