News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
- लखिमपुर खिरीका जिल्लाधिकारी अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान धौरहरा कोतवाली क्षेत्रको भरेहटा गाउँ नजिकै भएको बताए।
- दुर्घटनामा मृत्यु हुनेमा तीन महिला रहेका छन् र म्याजिक भ्यान बहराइचतर्फ जाँदै थियो।
५ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
लखिमपुर खिरीका जिल्लाधिकारी (डीएम) अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् ।
उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।
‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4