News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम गरेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा ४५ रुपैयाँले बढी हो।
५ जेठ, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ केही बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै गत मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । । गत मंगलबार चाँदी ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4