News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रतिनिधि सभाको शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको आपत्ति जनाउनुभयो।
- सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुमवासीको जग्गा समस्या सम्बोधन नगरेको भन्दै शक्तिशाली आयोग गठन गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो।
- खरेलले वर्षायाम शुरु हुन लाग्दा पनि पीडितका समस्या समाधान नगरेकोमा असन्तुष्टि व्यक्त गर्दै पुन: मौन धारण गर्ने अवस्था नआओस् भन्नुभयो।
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शून्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शुन्य समयको औचित्य नरहने उनको तर्क छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुमवासीको जग्गा सम्बन्धी समस्या लगायतका विषयमा पटक–पटक कुरा उठाउँदा पनि सरकारले कुनै सुनुवाइ नगरेको उनको भनाइ छ ।
‘यदि क्यामेरामा रेकर्ड मात्र गर्ने र सुनुवाइ नगर्ने हो भने यो शून्य समय बन्द गरियोस् । होइन भने, यहाँ उठाइएका विषयहरूलाई सम्बोधन गर्न एक शक्तिशाली आयोग वा समिति गठन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लगियोस्,’ उनले भने ।
वर्षायाम शुरु हुन लाग्दा समेत पीडितका समस्या समाधानतर्फ सरकारको ध्यान नगएकोमा उनको असन्तुष्टि थियो ।
सदनमा सांसदहरूले उठाएका मागप्रति सरकार अनुत्तरदायी बन्दा यसअघि सांसद हरि ढकालले ‘मौन धारण’ गरेर विरोध जनाउनु परेको प्रसङ्ग उल्लेख गर्दै खरेलले पुन: त्यस्तो परिस्थिति सृजना हुन नदिन सरकारलाई सचेत पनि गराए ।
प्रतिक्रिया 4