+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न– अदालतमा विचौलियाको प्रभाव कसरी कम गर्ने ?

‘उजुरीकर्ताले दिएका उजुरीको विषय सम्बन्धित निकायमा पठाउँछौं । यस्तो आउदा यहाँले के गर्नुहुन्छ ?,’ बुर्लाकोटीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्न आग्रह गरेको छ।
  • सांसद कविन्द्र बुर्लाकोटीले डा. शर्मालाई उजुरीकर्ताले दिएका उजुरीबारे धारणा राख्न र संक्रमणकालीन न्यायबारे प्रष्ट पार्न भने।
  • बुर्लाकोटीले मुद्दाको फर्स्योट दर बढाउने, अदालतमा विचौलियको प्रभाव कम गर्ने र न्यायालय विकासमैत्री बनाउने विषयमा प्रश्न उठाएका छन्।

५ जेठ, काठमाडौं । रास्वपाले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अदालत रिफर्म गर्ने योजना प्रष्ट पार्नका लागि आग्रह गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ । यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।

सो क्रममा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले अदालत रिफम गर्ने योजना प्रष्ट पार्न आग्रह गरेका हुन् ।

साथै, उनले उजुरीकर्ताले दिएका उजुरीबारे आफ्नो धारणा राख्न पनि आग्रह गरे । ‘उजुरीकर्ताले दिएका उजुरीको विषय सम्बन्धित निकायमा पठाउँछौं । यस्तो आउदा यहाँले के गर्नुहुन्छ ?,’ बुर्लाकोटीले भने ।

संक्रमणकालीन न्यायबारे पनि प्रष्ट पार्दा राम्रो हुने उनको भनाइ थियो ।

मुद्दाको फर्स्योट दर कसरी बढाउने ? भन्दै सांसद बुर्लाकोटीले अर्को प्रश्न गरे ।

उनको थप प्रश्न थियो, ‘अदालतमा रहेको विचौलियको प्रभाव कसरी कम गर्ने ? न्यायालय विकासमैत्री छ भन्ने कसरी समाजमा स्थापित गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?