+
+
Shares

टिकटक तथा डोउयिन मार्फत नेपाल प्रवर्द्धन गर्दै पर्यटन बोर्ड

अभियान अन्तर्गत कुल २५ वटा लक्षित प्रवर्द्धनात्मक भिडियो सामग्री निर्माण तथा प्रसारण गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले छोटो गन्तव्य केन्द्रित दृश्यात्मक भिडियो सामग्रीमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन थालेको छ।
  • बोर्डले लाङटाङ ट्रेक, गोसाइँकुण्ड, बन्दीपुर, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया लगायतका २५ वटा लक्षित प्रवर्द्धनात्मक भिडियो निर्माण गर्ने योजना बनाएको छ।
  • चिनियाँ बजार लक्षित गर्दै बोर्डले डोउयिनमार्फत चिनियाँ भाषा र श्रव्यदृश्य सामग्री निर्माण तथा प्रसारण गरिरहेको छ।

५ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले छोटो गन्तव्य केन्द्रित दृश्यात्मक भिडियो सामग्री मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन थालेको छ ।

अभियान अन्तर्गत बोर्डले हालसम्म लाङटाङ ट्रेक, गोसाइँकुण्ड, बन्दीपुर, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया लगायत नेपालका विभिन्न पर्यटन गन्तव्य तथा अनुभव सम्बन्धी प्रवर्द्धनात्मक भिडियो सामग्री सार्वजनिक गरिएको जनाएको छ ।

अन्य सामग्री निर्माण क्रममा रहेको समेत जनाइएको छ । अभियान अन्तर्गत कुल २५ वटा लक्षित प्रवर्द्धनात्मक भिडियो सामग्री निर्माण तथा प्रसारण गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

चिनियाँ बजार लक्षित गर्दै नेपाल पर्यटन बोर्डले चीनस्थित नेपाली दूतावाससँगको सहकार्यमा टिकटकको चिनियाँ संस्करण डोउयिन मार्फत पनि विशेष प्रवर्द्धन अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत चिनियाँ दर्शक तथा पर्यटक लक्षित गरी चिनियाँ भाषा, श्रव्यदृश्य डिजिटल सामग्री निर्माण तथा प्रसारण गरिँदै छ ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले डिजिटल प्ल्याटफर्महरू विश्वव्यापी पर्यटन प्रवर्द्धनका लागि विशेषत: युवा तथा अनुभवमुखी यात्रुमाझ अत्यन्त प्रभावकारी माध्यमका रूपमा स्थापित भइरहेको बताए ।

टिकटक तथा डोउयिन जस्ता प्ल्याटफर्म मार्फत गरिने डिजिटल अभियानले नेपाललाई विश्वव्यापी दर्शकमाझ अझ प्रभावकारी, सहज तथा आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।

पर्यटन बोर्ड अन्तर्राष्ट्रिय प्राथमिकताप्राप्त बजारहरूमा नेपालको विविध पर्यटन अनुभव प्रवर्द्धनका लागि नवीन डिजिटल माध्यम उपयोगप्रति प्रतिबद्ध रहेको बताएको छ ।

बोर्डले यस्ता अभियानहरूले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन दृश्यता अभिवृद्धि गर्नुका साथै डिजिटल माध्यमसँग आबद्ध विश्वभरिका यात्रुमाझ नेपालप्रति आकर्षण तथा गन्तव्य चेतना विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?