News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन्।
- संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनामध्ये चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।
- नेपाल बारले न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै शर्माको नाम सिफारिसको विरोध गरेको छ।
५ जेठ, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै शपथ ग्रहण गराइएको थियो ।
संवैधानिक परिषद्ले न्यायपरिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन् ।
सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल छिन् । वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेका थिए ।
६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै पनि निर्णय गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो । त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो ।






प्रतिक्रिया 4