News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा बोल्न च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ।
- सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई च्याटजीपीटीको सहारा नलिन र विषयवस्तु नभए नबोल्न निर्देशन दिएकी छन्।
- रास्वपाका १८१ जना सांसदमध्ये केहीले च्याटजीपीटीको आधारमा संसदमा बोलेको विषयमा प्रश्न उठेको छ।
६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट जीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ ।
संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।
रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याट जीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।
सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’
प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् । रास्वपाका सांसदहरुले च्याट जीपीटीको आधारमा संसदमा बोलेको भन्दै प्रश्न उठेको छ ।
प्रतिक्रिया 4