News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ एक सातामा १० हजार २ सय रुपैयाँ र आज एकैदिन ३ हजार ३ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि एक सातामा ७५० रुपैयाँ र आज १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० रुपैयाँमा झरेको छ।
६ जेठ, काठमाडौं । एक सातामा सुनको भाउ प्रतितोला १० हजार २ सय रुपैयाँ घटेको छ । आज एकैदिन तोलामा ३ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बुधबार ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १२५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ९६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ हजार ८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । त्यस्तै एक सातामा चाँदी ७५० रुपैयाँ घटेको छ । गत बुधबार ५ हजार ७१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4