News Summary
Generated by OK AI. Editorially reviewed.- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको विमानस्थलमा सहज रूपमा कोट फुकालेपछि चीनको सामाजिक सञ्जाल वेइबोमा यो विषय ट्रेन्डिङमा आएको छ।
- चीनको अर्ध-सरकारी समाचार संस्था 'चाइना न्युज सर्भिस' ले पुटिनको कोट फुकाल्ने व्यवहारलाई रूसी सांस्कृतिक परम्परासँग जोडेर महत्त्व दिएको छ।
- सञ्चारमाध्यमले पुटिनले आफूलाई 'आफ्नै घरमा जस्तो महसुस' गरेको र यसले दुई देशबीच गहिरो आपसी विश्वास देखाएको उल्लेख गरेको छ।
६ जेठ, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनबीचको गहिरो आपसी विश्वासलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका साथ उजागर गरेका छन्।
मङ्गलबार राति विमानस्थलमा राष्ट्रपति पुटिनले आफ्नो गाडीभित्र प्रवेश गर्नुअघि सहज रूपमा कोट फुकालेको विषयलाई लिएर चीनको लोकप्रिय सामाजिक सञ्जाल ‘वेइबो’मा ‘आफ्नै घरमा जस्तो महसुस गर्दै पुटिनले कोट फुकाले’ भन्ने ह्यासट्याग ट्रेन्डिङमा रहेको छ।
चीनको अर्ध-सरकारी समाचार संस्था ‘चाइना न्युज सर्भिस’ ले यस सानाे इसारालाई विशेष महत्त्व दिँदै सामाजिक सञ्जालमा एउटा पोस्ट साझा गरेको छ। रूसी सांस्कृतिक परम्पराअनुसार मानिसहरू प्रायः कोठाभित्र प्रवेश गर्दा वा आफू वरपरको वातावरणमा पूर्ण रूपमा आरामदायी र ढुक्क महसुस गर्दा मात्र यसरी कोट फुकाल्ने गरेको उक्त सञ्चारमाध्यमले स्पष्ट पारेको छ।
प्रतिक्रिया 4