News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको लगनखेल बसपार्क नजिकबाट ५ सय दरका ८ थान नक्कली नोटसहित सिरहाका १९ वर्षीय सुरज राई पक्राउ परेका छन्।
१० जेठ, काठमाडौं । ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज राई छन् । उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4