News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीको भङ्गालोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा सुनकोशी–३ बोहोरेटार बस्ने ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेस विक रहेका छन् ।
- नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शव नुहाएको स्थानभन्दा करिब १५० मिटर तल सुनकोशी नदी किनारमा फेला परेको हो ।
१० जेठ, काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी ४ घर भई हाल सुनकोशी ३ बोहोरेटार बस्ने बर्ष ९ को सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुर घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने वर्ष १० को युकेस बिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरू दुवैको शव नुहाउन पसेको ठाउँदेखि अन्दाजी १५० मिटर पूर्व सुनकोशी नदीको किनारमा फेला परेको थियो ।
दुई बालक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट सिन्धुलीबाट उद्धार सामग्री सहितको टोली परिचालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4