News Summary
Generated by OK AI. Editorially reviewed.- कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर महाराष्ट्र प्रहरी तैनाथ गरिएको छ ।
- छत्रपति संभाजीनगरका प्रहरी उपायुक्त पंकज अतुलकरले वरिष्ठ अधिकारीहरूको निर्देशनमा अभिजितको घरमा सुरक्षा दिइएको बताउनुभयो ।
- अभिजितले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारमाथि धम्की आएको दाबी गरे ।
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर प्रहरी तैनाथ गरिएको छ ।
अभिजितको घर बाहिर आइतबार महाराष्ट्र प्रहरीलाई तैनाग गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार, एक प्रहरी अधिकारीले छत्रपति संभाजीनगरमा अभिजितको घर बाहिर प्रहरी तैनाथ गरिएको पुष्टि गरे।
छत्रपति संभाजीनगरका प्रहरी उपायुक्त पंकज अतुलकरले भने, ‘वरिष्ठ अधिकारीहरूले अभिजित दिपकेको घरको सुरक्षा गर्न निर्देशन आएपछि हामीले सुरक्षा प्रदान गरेका छौं।’
उनले अगाडि भने, ‘त्यहाँ एउटा प्रहरी भ्यान र एक अधिकृत पनि खटाइएको छ । हामी त्यहाँ शान्ति सुरक्षा कायम राख्न पूर्ण ध्यान दिनेछौं।’
अभिजितले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई धम्की आएको दाबी गरेका छन् । उनले केही स्क्रिनसटहरू पनि सेयर गरेका छन् ।
अभिजितले आफ्नो फेसबुक ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन्, जसमा एक युवकले उनी र उनको परिवारको बारेमा अपमानजनक टिप्पणी गरिरहेको देखिन्छ।
अभिजितले ट्विटरमार्फत कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डल फेरि पुनर्स्थापित भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया 4