१० जेठ, काठमाडौ । नेकपा एमालेका नेताहरूको कार्य विभाजन प्रस्ताव संशोधन गरेर पारित गर्ने निर्णय भएको छ ।
आवश्यक छलफल गरेर कार्यविभाजन टुंग्याउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ । मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गर्ने र सुझावहरू सुनेर कार्यविभाजन प्रस्ताव टुंग्याउने भन्ने भएको छ ।’
एमाले नेताहरूको कार्यविभाजन प्रस्तुत यसअघि सार्वजनिक भइसकेको छ । उपमहासचिव लेखराज भट्टले केन्द्रीय सदस्यहरूलाई आगामी चुनावमा केन्द्रीत गर्नेगरी कार्यविभाजन गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4