+
+
Shares

ओलीले नै पार्टीको नेतृत्व गर्नुहुन्छ, उहाँकै प्रस्ताव पारित भए : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रचार भ्रामक र असत्य भएको दाबी गरे ।
  • एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको प्रस्ताव अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विसं २०३४ देखिको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
  • सचिव बस्नेतले आगामी दिनमा पनि एमालेको नेतृत्व केपी शर्मा ओलीले नै गर्ने दाबी गरे ।

१० जेठ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय बैठकमा ओलीले नै प्रस्तुत गरेका सबै प्रस्तावहरू पारित भएका छन् ।

‘बाहिर जुन ढंगले मिडियाबाजी भए, अध्यक्षज्यूलाई बिदा गरिंदैन, राजीनामा मागिंदैछ, अध्यक्षको पक्षमा कमजोर संख्या छन् भनेर भ्रामक प्रचार गरिएका थिए, त्यो सबै गलत भनेर भनिरहेकै थियौं,’ बस्नेतले भने, ‘आज अध्यक्षज्यूले जे प्रस्ताव गर्नुभयो त्यही नै पारित भयो ।’

ओलीले नै प्रस्ताव गरे अनुसार, विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको पनि उनले बताए ।

राष्ट्रपति भएको ८ वर्षको समयलाई स्वीकार नगर्नेगरी भण्डारीको ०३४ सालदेखिकै पार्टी सदस्यता नवीकरण भएको उनको भनाइ छ ।

‘पहिलो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने सन्दर्भमा उहाँले माग गर्नुभएको आवेदन अनुसार नै ८ वर्ष उहाँ राष्ट्रपति रहेको कार्यकाललाई पार्टी सदस्यता स्वीकार नभएको कुरालाई स्वीकार गर्ने र ०३४ सालदेखिको सदस्यता कायम गर्ने निर्णय पनि सर्वसम्मतबाट भयो । अन्य विविध निर्णय पनि सर्वसम्मतबाट भएको छ,’ उनले भने ।

उनले अब फेरि पनि पार्टीको नेतृत्व ओलीले नै गर्ने पनि दाबी गरे ।

‘बाहिर जे जे हल्ला भएका छन् । ती सबै हल्ला भ्रामक हुन् । कमरेड केपी शर्मा ओलीज्यूले नै पार्टीको नेतृत्व गर्नुहुन्छ,’ सचिव बस्नेतले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?