+
+
Shares

एयरपोर्टमै अविनाशले गरे नयाँ फिल्म बनाउने घोषणा, मन्त्रीले दिए शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ मा जुरी प्राइज पाएको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
  • विमानस्थलमा टोलीलाई स्वागत गर्न सञ्चारमन्त्री विक्रम तिमिल्सिना र पर्यटनमन्त्री खड्गराज पौडेल पुग्नुभएको थियो ।
  • कार्यक्रममा निर्देशक अविनाशविक्रम शाहले नयाँ फिल्म बनाउने घोषणा गर्नुभयो ।

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता प्राप्त गरेपछि घर फर्किएको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई भव्य स्वागत गरिएको छ । टोलीलाई स्वागत गर्न सरकारका २ जना मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

नौमती बाजा र फूलमालाले गरिएको यो स्वागत कुनै नेपाली फिल्मले एयरपोर्टमा पाएको पहिलो न्यानोपन हो । नहोस् पनि किन, अविनाशविक्रम शाह निर्देशित उक्त कथानक फिल्मले पहिलोपटक कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज पाएको थियो ।

एकाबिहानै एयरपोर्टको यो माहोल निकै रोमाञ्चक पनि देखियो । निर्देशक शाहसहित निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामाले सम्मान थाप्दै खुसी ब्यक्त गरे । निर्देशक अविनाशले त मन्त्रीकै सामुन्ने नयाँ फिल्मको घोषणा गरे । संक्षिप्त सम्बोधनमा शाहले यो सम्मान र प्रोत्साहनले नयाँ फिल्म बनाउने तयारी गरिराखेको सुनाए ।

उनले भने, ‘यो फिल्म बनाउन एकदमै गाह्रो भएको थियो । तर, सबैको प्रोत्साहनले एकदमै ऊर्जा मिलेको छ । चाँडै नै अर्को फिल्म पनि बनाउने तयारी गरिराख्या छु ।’

त्यसपछि सूचना तथा संचारमन्त्री विक्रम तिमिल्सिना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले निर्देशक शाहलाई नयाँ फिल्मका लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?