+
+
Shares

मलेसियामा लाइफबोट मर्मत गर्ने क्रममा समुद्रमा खस्दा तीन कामदारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाको सरकारी ऊर्जा कम्पनी पेट्रोनासको जहाजबाट समुद्रमा खसेर ३ जना मजदुरको मृत्यु भएको छ ।
  • मर्मतका क्रममा लाइफबोटको हुक अचानक फुत्किएर समुद्रमा खस्दा १ जना कामदार गम्भीर घाइते भएका छन् ।
  • कम्पनीले विज्ञप्तिमा "सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ" भनी उल्लेख गरेको छ ।

मलेसियाको सरकारी ऊर्जा कम्पनी पेट्रोनासको एक जहाजबाट खसेर तीन जना मजदुरको मृत्यु भएको छ ।

आइतबार दिउँसो कम्पनीको ‘एफएसओ सेपात’ नामक फ्लोटिङ स्टोरेज एन्ड अफलोडिङ जहाजमा लाइफबोट मर्मत गर्ने क्रममा मजदुर समुद्रमा खसेका थिए ।

जहाज मलेसियाको पूर्वी तटीय राज्य तेरेङ्गानुआ नजिकै समुद्रमा रहेको थियो । मर्मतका क्रममा लाइफबोट समुद्रमा खस्दा तीन जना कामदारको मृत्यु भएको छ। दुर्घटनामा एक जना कामदार गम्भीर घाइते भएका छन्।

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै आइतबार दिउँसो करिब १२:५० बजे यो घटना भएको पुष्टि गरेको छ।

दुर्घटना लगत्तै उद्धार गरिएका चारै जनालाई अस्पताल पुर्‍याइएको थि यो। तीमध्ये तीन जनालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषित गरिएको थियो।

घाइते कामदारको भने सुल्तानह नुर जाहिराह अस्पतालमा उपचार भइरहेको छ ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, “सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।”

स्थानीय प्रहरीका अनुसार कामदारहरू मर्मत कार्यका लागि लाइफबोटमा चढेर समुद्रको सतहतिर ओर्लने तयारीमा थिए। सोही समयमा बोटलाई बाँधिएको हुक अचानक फुत्किएको थियो । डोरी फुत्किएपछि लाइफबोट सिधै समुद्रमा खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?