Comments Add Comment

तपाईलाई थाहा छ, अर्थमन्त्रीले कति दक्षिणा दिन्छन् ?

bharat-surendra-barsaman-sankhar

१६ असोज, काठमाडौं । तपाईलाई थाहा छ अर्थमन्त्रीले टिका लगाएर आफ्ना चेलीबेचटी, भाञ्जाभाञ्जी तथा ज्वाइँचेलालाई कति रुपैयाँ दक्षिणा दिन्छन् ।

तपाईलाई लाग्दो हो, देशलाई खर्बौ रुपैयाँको बजेट दिने अर्थमन्त्रीले आफन्तलाई टिका लगाएर नि मोटै रकम देलान ।

तर, पूर्वअर्थमन्त्रीहरुले बढीमा एक हजार रुपैयाँ मात्रै दक्षिणा दिने गरेको बताएका छन् ।

अनलाइनखबरले पूर्वअर्थमन्त्रीहरु भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे, वर्षमान पुन र शंकर कोइरालालाई तपाईले अहिलेसम्म सबैभन्दा बढी कति दक्षिणा दिनुभएको छ ? र, पाउनुभएको छ ? भनेर प्रश्न गरेको थियो ।

त्यसमा भरतमोहन अधिकारीले १४/१६ वर्षअघिसम्म सासू ससुराको हातबाट टिका लगाउँदा बढीमा पाँच सय रुपैयाँसम्म दक्षिणा पाएको बताए । सुरेन्द्र पाण्डेले बढीमा हजार रुपैयाँ सम्म दिएको र आफूले पनि त्यति नै पाएको बताए ।

एमाओवामादीका नेतासमेत रहेका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई भने आफूले कति रकम दक्षिण पाएको छु भन्ने समेत स्मरण नभएको बताए । अहिलेसम्म आफूले टिका लगाएर कसैलाई पनि दक्षिणा नदिएको उनको भनाई छ ।

त्यसैगरी पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले आजसम्म सबैभन्दा बढी एक हजार रुपैयाँ पाएको र आफूले पनि अरुलाई एक हजारभन्दा बढी दक्षिणा नदिएको बताए ।

‘अर्थमन्त्री हुँदा पनि मैले बढीमा एक हजार दक्षिणा पाएँ र एकहजार नै दिएँ’ कोइरालाले भने । दक्षिणा लिने र दिने प्रचलन सनातनदेखि चलिआएको संस्कार भएकाले यसलाई सभ्यरुपमा निरन्तरता दिनुपर्ने उनको भनाई थियो ।

सासु ससुरा वितेपछि आफूलाई टिका लगाएर पैसा दिने कोहीपनि नभएको बताउँदै भरतमोहन अधिकारी भन्छन् -दाजुभाईले टिका लगाएर पैसा दिने चलन छैन ।

आफू टिका लगाएर दक्षिणा लिने र दिने पक्षमा नभएपनि यो सनातनदेखि चलिआएको हुनाले चट्टै छोड्न नसकेको बताए । ‘कतिपटक त मैले टिका लगाएर आशिर्वाद मात्रै दिनु भनेको छु’ उनले भने -तर, जवर्जस्ती दक्षिणा दिन्छन, अस्वीकार गर्नु पनि त भएन नि ।

अर्थमन्त्री हुँदा पनि छोरी ज्वाईहरुलाई पाँच सय रुपैयाँ भन्दा दक्षिणा नदिएको अधिकारीको भनाई थियो ।

बच्चामा मावली जाँदा र साथीहरुकहाँ जाँदा टिका एक दुई पटक लगाएको बताए । ‘तर, कति दक्षिणा पाएँ भन्ने स्मरण भएन’ उनले भने -मैले आजसम्म टिका लगाएर कसैलाई पनि दक्षिणा दिएको छैन ।

पुनले आफ्नो समुदायमा विजया दशमीमाभन्दा अस्टमीलाई महत्वका साथ मनाउने गरेको बताए । ‘फेरि मलाई दक्षिणाभन्दा आशिर्वाद ठूलो हो भन्ने लाग्छ’ उनले भने ।

एमाले नेतासमेत रहेका सुरेन्द्र पाण्डेले आफू दक्षिणामा भन्दा आशिर्वादमा विश्वास गर्ने बताए । ‘तैपनि चलेको चलन मान्नै पर्‍यो, दक्षिणा लिनै पर्‍यो दिनै पर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment