News Summary
Generated by OK AI. Editorially reviewed.- एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई पानी ट्यांकी र मोटर जडान गरी हस्तान्तरण गरेको छ ।
- बैंकका कर्णाली सर्कल प्रमुख जीवन शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई ८ जेठमा सो सामग्री हस्तान्तरण गरे ।
११ जेठ, काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ ।
विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो ।
१६७ भन्दा धेरै विद्यार्थीले पठनपाठन गरिरहेको यस विद्यालयका लागि बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई जेठ ८ गते एक कार्यक्रमका बीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरे ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश खत्री, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक तथा शिक्षिका, विद्यार्थी र बैंक कर्मचारीको उपस्थिति रहेको थियो ।
उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सहजता हुनेछ ।
प्रतिक्रिया 4