+
+
Shares

नाटक लुसिफर राइजिङको विवादमा थिएटर भन्छ– धम्कीबारे जानकारी छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १८:५०

११ जेठ, काठमाडौं । नाटक लुसिफर राइजिङबारे भएको विवादको विषयमा एक थिएटर नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । थिएटरका अध्यक्ष अनिल सुब्बाले विज्ञप्ति जारी गरी नाटक रोक्न आएको धम्कीबारे थिएटरलाई कुनै जानकारी नभएको बताएका छन् ।

कसबाट र कुन तरिकाले धम्की आएको भन्ने कुरा नाट्य समूह मझुवा बगरले कुनै जानकारी नदिएको सुब्बाको भनाइ छ ।

‘कस्तो दबाब आयो ? किन त्यस्तो दबाब आयो ? र उक्त दबाब दिने समूह को हुन सक्छ ? यस सन्दर्भमा नाटक घर उपलब्ध गराउने एक थिएटर नेपालका कुनै पनि सदस्यलाई व्यक्तिगत वा संस्थागत जानकारी नभएको स्पष्ट पार्दछौं’ सुब्बाले भनेका छन् ।

आगामी दिनमा नाटकको मञ्चन नियमित हुने वा नहुने कुराको जानकारी चाँडै गराउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

१० जेठ आइतबार साँझ नाट्य समूह मझुवा बगरले अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण नाटकको मञ्चन रोक्न बाध्य भएको सूचना निकालेको थियो ।

यसका निर्देशक सहलेसले पनि धम्की भनेका थिए । सोमबार भने उनले कुनै आधिकारिक निकाय, अमुक राजनीतिक दल भन्दा पनि अज्ञात स्रोतबाट धम्की आएको भन्दै घुमाउरो प्रतिक्रिया दिँदै एक सूचना निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?