+

अमेरिकामा खेलकुदको माहोल : फिफा विश्वकपसँग जुध्दैछ मेजर लिग क्रिकेट

२०८३ जेठ  १२ गते ११:४२ २०८३ जेठ १२ गते ११:४२
अमेरिकामा खेलकुदको माहोल : फिफा विश्वकपसँग जुध्दैछ मेजर लिग क्रिकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी सन् २०२६ को जुन–जुलाईमा अमेरिकामा फिफा विश्वकप र मेजर लिग क्रिकेट एकै समयमा सञ्चालन हुने भएका छन् ।
  • दुवै प्रतियोगिताको फाइनल खेल सन् २०२६ जुलाई १९ मा एकै दिन आयोजना हुने तय भएको छ ।
  • विश्वकपका खेल क्यालिफोर्नियाको लेभाइज रङ्गशालामा र क्रिकेटका खेलहरू ओकल्याण्ड कोलिसियममा आयोजना गरिनेछन् ।

१२ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकै समयमा हुने भएका छन् । फिफा विश्वकप २०२६ चलिरहेकै बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने भएपछि उत्तर अमेरिकामा खेलकुदको माहोल थप रोचक बनेको छ ।

मेजर लिग क्रिकेटको चौथो संस्करण जुन १९ मा सुरु हुनेछ र जुलाई १९ सम्म चल्नेछ । यही अवधिमा फिफा विश्वकप पनि जारी रहने भएकाले दुवै प्रतियोगिताबीच दर्शक, प्रायोजक र रंगशालाको प्रयोगमा प्रतिस्पर्धा हुने देखिएको छ ।

फिफा विश्वकप चार वर्षमा एकपटक आउने र विश्व फुटबलको कुम्भमेलाका रूपमा समेत मानिने भएकाले माहोल भने फुटबलकै धेरै हुनेछ ।

यसको सबैभन्दा रोचक पक्ष जुलाई १९ मा देखिनेछ, जब फिफा विश्वकपको फाइनल र मेजर लिग क्रिकेटको फाइनल एकै दिन आयोजना हुनेछ । मेजर लिग क्रिकेटको तालिका हेरफेर नभएमा सोही दिन क्रिकेटको पनि फाइनल तय छ ।

दुवै प्रतियोगिता अमेरिकाको साँझको समयमा प्रसारण हुने भएकाले टेलिभिजन दर्शकका लागि पनि कडा प्रतिस्पर्धा हुनेछ । साथै प्रायोजक कम्पनीहरूले पनि आफ्नो लगानी दुई ठूला प्रतियोगितामा बाँड्नुपर्ने अवस्था बनेको छ ।

आयोजकहरूले व्यवस्थापन सहज बनाउन खेलस्थल भने फरक–फरक राखेका छन् । क्यालिफोर्नियाको सान्टा क्लारास्थित लेभाइज रंगशालामा विश्वकपका खेल हुनेछन् भने क्रिकेटका खेलहरू ओकल्याण्डस्थित ओकल्याण्ड–अलामेडा काउन्टी कोलिसियममा हुनेछन् ।

त्यहाँ मेजर लिग क्रिकेटका ११ खेल, प्लेअफ र फाइनलसमेत आयोजना गरिनेछ ।

फिफा विश्वकप २०२६ मेजर लिग क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय