+

एसियन गेम्स छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८३ जेठ  १४ गते १६:४१ २०८३ जेठ १४ गते १६:४१
एसियन गेम्स छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

१४ जेठ, काठमाडौं । सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गर्दै एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो ।

जुन ८ सम्म चल्ने छनोटमा ८ देश सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया र चीन छन् । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली एसियन गेम्समा छनोट हुनेछ । नेपालले पहिलो खेल चीनसँग मे ३१ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाली टोलीः दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, शाहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी ।

तस्वीरहरू : विकास श्रेष्ठ

एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय