+

विनोद भण्डारीले स्वीडेनको नर्डिक स्म्याश टी-२० लिग खेल्ने

२०८३ जेठ  १५ गते १३:४३ २०८३ जेठ १५ गते १३:४३
विनोद भण्डारीले स्वीडेनको नर्डिक स्म्याश टी-२० लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली विकेटकिपर ब्याटर विनोद भण्डारी स्वीडेनको नर्डिक स्म्याश टी-२० लिग खेल्नका लागि भास्तेरास युनाइटेडमा अनुबन्धित भएका छन् ।
  • भण्डारीले नेपालबाहिर पहिलोपटक विदेशी फ्रेन्चाइज क्रिकेट लिग खेल्न लागेका हुन् ।
  • उनी नेपालको घरेलु क्रिकेटमा त्रिभुवन आर्मी तथा नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने गर्छन् ।

१५ जेठ, काठमाडौं । नेपाली विकेटकिपर ब्याटर विनोद भण्डारीले स्वीडेनको नर्डिक स्म्याश टी-२० लिग खेल्ने भएका छन् ।

लिगका लागि उनलाई भास्तेरास युनाइटेडले अनुबन्ध गरेको हो । भण्डारीलाई क्लबले अन्तर्राष्ट्रिय अनुभव, नेतृत्व क्षमता र दबाबमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा टोलीमा स्वागत गरेको जनाएको छ ।

‘विनोदले आफ्नो अनुभव र आक्रामक ब्याटिङ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ’ टोलीले सामाजिक सञ्जालमा लेखेको छ ।

यस टोलीमा इटालीका जीपी मिएडे, अस्ट्रेलियाका विल बोसिस्टो तथा यूएईका जाहूर खान लगायतका खेलाडी पनि रहेका छन् ।

विनोदले नेपाली घरेलु क्रिकेटमा त्रिभुवन आर्मी तथा नेपालको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने गरेका छन् ।

विनोदले नेपालबाहिर पहिलोपटक फ्रेन्चाइज लिग खेल्ने भएका हुन् ।

नर्डिक स्म्याश टी-२० लिग विनोद भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय