News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
- सरकारले बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि आइतबार सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो।
१८ जेठ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ थियो।
अघिल्लो दिन आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको थियो ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4