News Summary
Generated by OK AI. Editorially reviewed.- आफ्नै दाइको हत्यामा जन्मकैदको फैसला सुनाइएका सिन्धुलीका ४५ वर्षीय मानबहादुर बम्जन भक्तपुरबाट पक्राउ परेका छन् ।
- बम्जनले २२ माघ २०७७ मा दाजु चेतबहादुरको बन्चरो प्रहार गरी हत्या गरेको अभियोग पुष्टि भएको थियो ।
- कारागारबाट फरार भएका उनलाई प्रहरीले पक्राउ गरी पुनः कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ ।
१८ जेठ, काठमाडौं । दाइको हत्यामा जन्मकैदको फैसला सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–३ घर भएका ४५ वर्षीय मानबहादुर बम्जन छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले दाजु चेतबहादुरलाई बन्चरो प्रहार गरी २२ माघ २०७७ मा हत्या गरेको आरोप छ । यो घटनामा सिन्धुली जिल्ला अदालतले मानबहादुरलाई १७ असोज २०८० मा जन्मकैदको फैसला सुनाएको थियो ।
कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका उनी जेनजी आन्दोलनमा फरार भएका थिए । भक्तपुरबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4