+
+
Shares
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम :

सडक पूर्वाधार र गरिबी न्यूनीकरणमा जोड, सुरक्षित पर्यटकीय गन्तव्य विस्तार (पूर्णपाठ)

भौतिक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य र शिक्षा सुधारका कार्यक्रमलाई नीतिमा समेटेको प्रदेश सरकारले प्रदेश निर्माणाधीन अवस्थामा रहेका गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १८:४६

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य र शिक्षा सुधारका कार्यक्रमलाई नीतिमा समेटेको प्रदेश सरकारले प्रदेश निर्माणाधीन अवस्थामा रहेका गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा गरेको छ ।

त्यसका लागि आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । अहिलेसम्म सडक सञ्जालसँग नजोडिएका दार्चुलाको साइपाल गाउँपालिका, अपि हिमाल गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य पनि लिइएको छ ।

प्रदेश लोकमार्ग तथा सहायक मार्गको स्तरोन्नतिलाई पनि प्राथमिकता दिइएको छ । अगामी वर्षमा प्रदेशको गरिबी न्यूनीकरणका लागि केही स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरिएको छ ।

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका, बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा गरिबी न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

शिक्षा, स्वास्थ्य र पोषणसँग जोडेर घोषित क्षेत्रमा गरिबी न्यूनीकरण कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले बढ्दो युवा पलायन रोक्ने उद्देश्यले रोजगारीका अवसर सिर्जना गर्ने नीति पनि लिएको छ । त्यसका लागि उत्पादन, उद्यमशीलता र सीप विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ ।

अपी–सुर्मा–सैपाल–खप्तड–रानीसैन–बडिमालिका–रामारोशन क्षेत्रमा उच्च पहाडी तथा हिमाली पर्यटन प्रवर्द्धन तथा पदमार्ग निर्माण गरि सुरक्षित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने नीति पनि लिइएको छ ।

मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, बादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?