+
+
Shares

रोल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ जेठ १९ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको माडी गाउँपालिका–४ स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको छ ।
  • स्थानीय बासिन्दाले खोला किनारमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
  • प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाएको जनाएको छ ।

१९ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–४ तार्केबाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार अपराह्न ४ बजे माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको हो ।

करेन्ट लागेको र खोला किनारमा लडिरहेको अवस्थामा बाख्रा चराइरहेका स्थानीयले देखेपछि चालकलाई खबर गरेका थिए ।

चालक घटनास्थलमा पुगेर हेर्दा घर्ती मगरको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?