+
+
Shares

माटोको भाँडामा राख्दा पनि चिसो भइरहेको छैन पानी ? अपनाउनुहोस् यी उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माटोको भाँडोमा पानी भर्नुअघि त्यसलाई २४ घण्टासम्म पानीमा भिजाउँदा माटोका मसिना प्वालहरू खुलेर पानी लामो समयसम्म चिसो रहन्छ।

अहिले अत्यधिक गर्मीको समय छ । यस्तोबेला धेरैको रुचि हुन्छ चिसो पानी पिउनु । फ्रिजमा राखेर चिसो बनाएको पानी पिउने विकल्प त छ तर विभिन्न स्वास्थ्य समस्या निम्त्याउने भएकाले त्यो तरिकालाई राम्रो मानिदैन ।

पानीलाई प्राकृतिक रूपमै चिसो बनाउने एक विधि हो– माटोको भाँडामा राख्नु ।

माटोको भाँडाले पानीलाई चिसो राख्नुका साथै स्वास्थ्य लाभ पनि प्रदान गर्दछ र बिजुली बचत पनि गर्दछ । तर कहिलेकाहीं धेरै गर्मीको बेला माटोको भाँडामा राखिएको पानी पनि ताताो हुन सक्छ ।  यस्तो बेला के गर्ने त ?

माटोको भाँडामा पानी खन्याउनु अघि जाँच गर्ने

माटोको भाँडोमा खन्याउनु अघि यसको गुणस्तर जाँच गर्नुहोस् । कहिलेकाहीँ, भर्खरै प्रयोग गरेको नयाँ वा धेरै पुरानो माटोको भाँडोमा पानी चिसो हुँदैन । धेरै पुरानो माटोको भाँडोमा माटोमा रहेका साना प्वालहरू बन्द भएको कारणले चिसो कम हुनसक्छ । खासै प्रयोग नभएको नयाँ माटोको भाँडोमा रहेका साना प्वालहरू खुलेका हुँदैनन् ।

पानी भर्नुअघि माटोको भाँडोलाई पानीमा भिजाउनुहोस् । यसले माटो सफा गर्छ र प्वालहरू खोल्छ । तपाईं यसलाई २४ घण्टासम्म पानीमा भिजाउन सक्नुहुन्छ । यसपछि त्यो भाँडामा पानी राख्दा लामो समयसम्म चिसो रहिरहन्छ ।

भाँडोलाई सही ठाउँमा राख्ने

बाहिरको मौसम वा स्थानको आधारमा भाँडो भित्रको मौसम निर्धारण हुन्छ । यसकारण भाँडोलाई राम्ररी भण्डारण गर्नु महत्त्वपूर्ण छ । भाँडोलाई शीतल ठाउँमा राख्नुहोस् र घाम पर्ने तथा छतको तातो धेरै आउने ठाउँमा नराख्नुहोस् ।

राम्रो हावा चल्ने ठाउँमा राख्नुपर्छ ।

भाँडो राख‍्न स्ट्यान्ड प्रयोग राम्रो

भाँडोमा रहेको पानीलाई चिसो राख्न स्ट्यान्ड प्रयोग गर्नुहोस् । तपाईं काठ वा प्लास्टिकको स्ट्यान्ड प्रयोग गर्न सक्नुहुन्छ । यसले तलबाट हावाको प्रवाह कायम राख्नेछ र चिसो प्रक्रियामा सुधार गर्नेछ।

पानीलाई चिसो राख्न कस्तो भाँडो चाहिन्छ ?

भाँडोमा पानी चिसो राख्नका लागि, रातो माटोले बनेको अनग्लेज्ड भाँडो प्रयोग गर्नु राम्रो हुन्छ । यो माटो चाँडै तातो हुँदैन र पानीलाई लामो समयसम्म चिसो राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?