News Summary
Generated by OK AI. Editorially reviewed.- सांसदको झुटो परिचय दिएर ट्राफिक प्रहरीलाई अनुचित दबाब दिएको आरोपमा सिन्धुलीका ३६ वर्षीय लोकबहादुर तामाङ पक्राउ परेका छन् ।
- पक्राउ परेका तामाङविरुद्ध अभद्र व्यवहारको कसुरमा सोमबार ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
१९ जेठ, काठमाडौं । सांसद भन्दै ट्राफिक प्रहरीलाई फोन गरेर अनुचित दबाब दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटारका ३६ वर्षीय लोकबहादुर तामाङ छन् । उनले आफू सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य तथा सांसद धनेन्द्र कार्की बोलेको भन्दै ट्राफिक प्रहरीलाई फोन गरेका थिए ।
झुटा परिचय दिँदै फोन गरेर दबाद र प्रभाव पार्न खोजेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उज्वल कार्कीले बताए ।
पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा सोमरबा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4