+
+
Shares

विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको बैठक २० जेठ दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित भएको छ ।
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै विपक्षी दलहरूले सो फिर्ता लिन माग गरेका छन् ।
  • विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन माग गर्दै बैठक शुरू हुनासाथ उभिएर अवरोध सिर्जना गरेका थिए ।

१९ जेठ, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए ।

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।

अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?