+
+
Shares

४ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • करिब १ महिनाभित्र चार कम्पनीको संस्थापक, कर्मचारी र स्थानीयको सेयरमा लकइन अवधि सकिने भएको छ ।
  • रावा इनर्जीको जेठ २९ गतेदेखि र नेपाल रिपब्लिक मिडियाको असार १० गतेपछि संस्थापक तथा कर्मचारीको सेयरको लकइन खुल्नेछ ।
  • रिलायन्स स्पिनिङ मिल्सको असार १८ र अपर स्याङ्गे हाइड्रोपावरको असार २१ गतेदेखि सेयरको लकइन अवधि सकिने भएको छ ।

१९ जेठ, काठमाडौं । करिब १ महिनाको अवधिमा चार कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ ।

संस्थापक, आयोजना प्रभावित, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि विभिन्न समयमा छुट्याइएको सेयरमा लकइन अवधि समाप्त हुने भएको हो । लकइन अवधि समाप्त भएपछि ती कम्पनीको सेयर बजारमा कारोबारमा आउने छन् । सार्वजनिक सूचनामार्फत यी कम्पनीको सेयरमा लकइन अवधि सकिनेबारे जानकारी दिइएको छ ।

रावा इनर्जीको संस्थापक, कर्मचारी, स्थानीयको गरी कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरमा जेठ २९ पछि लकइन खुल्नेछ ।

नेपाल रिपब्लिक मिडियाको संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता तथा कर्मचारीको ८० हजार १५९ कित्ता सेयरमा असार १० पछि लकइन अवधि सकिने भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५७ हजार ७९८ कित्ता सेयरमा असार १८ देखि लकइन अवधि सकिने भएको छ ।

त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल १५ लाख ६३ हजार कित्ता सेयरमा असार २१ गते लकइन अवधि सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?